समाचार

२५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ



सिराहा, १४ चैत । २५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीपुर पतारी गाउँपालिका-३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदीप साहलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशवारिका अनुसार सोमबारराति साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तीनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।