काठमाडौँ, १५ चैत । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।
हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।बैठकमा साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ ।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे आज छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्