काठमाडौँ, १५ चैत । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ ।
आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सरकारले संसद्मा प्रस्तुत गरेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू एक पक्षीय भएको आरोप लगाए ।
उनीहरुले सरकारले एकपक्षीय रूपमा द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको माग सम्बोधन नगर्ने गरी विधेयक संसद्मा प्रस्तुत गरेको बताए । सरकारले चैत्र १२ गते बसेको प्रतिनिधि सभाको बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्