राजनीति

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय



काठमाडौँ, १९ चैत । सत्तासाझेदर दल नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवारलाई सघाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरेको हो । कांग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा भने यसअघि नै उमेदवारको टुंगो लगाइसकेको छ । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार बन्ने तयारी छ ।

नेपाली कांग्रेसले उपनिर्वाचन हुने तीन जिल्लामा २०७९ को निर्वाचनअघि अनुशासन उल्लंघन गरेका नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २०७९ को निर्वाचनअघि स्वतन्त्र उमेदवारी दिएकाहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।