राजनीति

राप्रपाले टुंग्यायो उपनिर्वाचनका उमेदवार



काठमाडौँ, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको छ ।

पार्टीको संसदीय समितिको आज बसेको बैठकले उमेदवार टुंगो लगाएको हो ।