समाचार

क्यानले सीता एयरमाथि थाल्यो छानबिन



काठमाडौँ, २० चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सीता एयरमाथि छानबिन सुरु गरेको छ ।

गत बुधबार नेपालगञ्जमा यात्रु अलपत्र पारेको विषयमा प्राधिकरण सीता एयरलाई छानबिन सुरु गरेको हो । सीता एयरले गत फागुन १५ गते (बुधबार) दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्जमा अवतरण गराएको थियो ।

“फागुन १५ मा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रकृया अगाडि बढाइएको छ,” प्राधिकरणले निकालेको सूचनामा उल्लेख गरेको छ ।