काठमाडौँ, २३ चैत । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सारेको छ ।
जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने जनाएको छ ।
यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीकै अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बनेका कारण बैठक सारिएको हो ।










प्रतिक्रिया दिनुहोस्