काठमाडौँ, २३ चैत । प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयबाहेक आकस्मिक समय लागु भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकबाट आकस्मिक समय सुरु गरिएको हो ।
उक्त समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाहीलगायत सांसदले बोलेका छन् । सभामुख देवराज घिमिरेले आकस्मिक समय लागु गरिएको जानकारी गराए । त्यसका लागि तीन मिनेट समय छुट्ट्याइएको पनि बताए ।
“आकस्मिक समय तीन मिनेट निर्धारण गरेका छौँ । गएको बैठक र यो बैठकको बीचमा भएका जरुरी घटनाको विषयमा धारणा राख्न म मान्य सदस्यहरूसँग अनुरोध गर्दछु,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्