राजनीति

सांसद भण्डारीको स्वास्थ्यमा सुधार



काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो । सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ । उहाँको अनुहारको छाला राम्रो हुँदै आएको बताइएकोछ । बायाँ हातको पट्टी खोलिइसकिएको छ । कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिए ।