समाचार

आजको मौसम



काठमाडौँ, २५ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भागमा आज वर्षा हुने भएको छ । कर्णाली, कोसी र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।