राजनीति

पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज



काठमाडौँ, २५ चैत । पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।

चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो । उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो ।

विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ ।