राजनीति

एमाले सचिवको घरमा प्रधानमन्त्री प्रचण्ड



धनगढी, २६ चैत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का सचिव लेखराज भट्टको घरमा पुगेका छन् । आइतबार उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा अहिले कैलालीमा छन् । सोही क्रममा उनी चिया र खाजाका लागि भट्टको घरमा पसेका हुन् । त्यहाँ उनीहरूबीच कुराकानी भएको छ ।