रूकुमपूर्व, २६ चैत । रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका-३ रन्मामा बिहीबार एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद ७ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो।










प्रतिक्रिया दिनुहोस्