राजनीति

युवा संघको राष्ट्रिय महाधिवेशन आजबाट, अध्यक्ष ओलीले उद्घाटन गर्ने



काठमाडौँ, २७ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदैछ ।

आजबाट सुरु हुने नेकपा महाधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने र सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ ।

नेपालगञ्जमा हुने महाधिवेशनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघले जनाएको छ । महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।