अर्थ

अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी राख्ने छैन : अर्थमन्त्री महत



काठमाडौँ, २७ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

आज काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७२औँ वार्षिक साधारणसभामा उनले पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको बताए । तर, बजारमा निर्माण गरिएको भाष्यजस्तो पूरै नकारात्मक नरहेको उनको भनाइ छ ।

मन्त्री महतले राजस्व संकलन लक्ष्यानुसार नहुँदा अर्थतन्त्रमा केही समस्या आएको र सुधारका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । “पछिल्लो समय लगानीयोग्य वातावरण नहुँदा र लक्ष्यानुसार राजस्व संकलन नहुँदा अर्थतन्त्रमा केही समस्या आएको छ,” अर्थमन्त्री डा. महतले भने, “मैले अर्थतन्त्र सुधारको लागि कुनै पनि कसर बाकी राख्ने छैन ।”