काठमाडौँ, २७ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेशनल इन्फमेसन ऐप सञ्चालनमा ल्याएको छ । शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो ।
त्यस्तै वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी अनुगमन सफ्टवेयर प्रणाली समेत सञ्चालनमा ल्याइएको छ । शैक्षिक सूचनाहरू सङ्ग्रहित गरिएको उक्त एप सर्वसाधारणले समेत प्रयोग गर्न सक्नेगरी विकास गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्