काठमाडौँ, ३० चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, कांग्रेस र एमाले मिलेर चुच्चे नक्सा गायब पारेको आरोप लगाउनु भएको छ ।
बुधबार नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ समन्वय कमिटीले, आयोजना गरेको नयाँ वर्ष २०८० को उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो – नेकपा एमाले बलियो नहुने् हो भने देशको आर्थिक विकास र समृद्धिको सपना पुरा नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो ‘एमाले बलियो नुहने हो भने राष्ट्रिय स्वाधिनता र स्वतन्त्र पनि कमजोर हुन्छ । शेरबहादुर देउवा र प्रचण्डले चुचे नक्सा गायब पारेको जस्तै अवस्था आउन सक्छ । त्यसैले एमाले दरो हुनुपर्छ । ’
वर्तमान सरकार राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउने बाटोमा रहेको आरोप लगाउनु भएको छ । प्रचण्डले नै स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाएको आरोप लगाउनु भयो । त्यस्तै प्रचण्ड सरकारको सहयोगका लागि कांग्रेस नेतृत्व कठपुतलिको रुपमा खडा भएको भन्दै तर्क गर्नुभयो । माओवादी केन्द्र र कांग्रेस मिलेर देशको विकास र समृद्धीमा बाधा पुर्याएको उहाँको तर्क छ ।
उहाँले भन्नुभयो , ‘अहिले हामी देखिरहेका छौं एकातिर कांग्रेस नेतृत्वमा कठपुतलिहरु खडा छन् । पुष्पकमल दाहालले नेतृत्व गरेको भए पनि यो राजनीतिक अस्थिरता सृजना गर्ने पात्र हुन यिनीहरु । आर्थिक विकास र समृद्धिमा बाधा पु¥याउने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउँने पात्र हुन् । ’
प्र










प्रतिक्रिया दिनुहोस्