काठमाडौँ, ५ बैशाख । एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ । टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो ।
सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए । यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको नेपालले ८२ खेल बाँकी रहँदै मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको हो । यसक्रममा मध्यक्रममा ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ७० रन बनाए । यस्तै, भीम सार्कीले ९८ बल खेल्दै समान ७० रन बनाए ।










प्रतिक्रिया दिनुहोस्