समाचार

पौडी खेल्ने क्रममा तीन जना बेपत्ता



सुनसरी, ६ बैशाख । सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक युवक मृत फेला परेका छन् ।

सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये झापा दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा भेटिएको प्रहरीले जनाएको छ ।