समाचार

आज सार्वजनिक बिदा



प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा २, चितवन २ र तनहुँ १ मा आज उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो ।
आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ । तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए। चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । आज त्यहाँ उपनिर्वाचन हुँदैछ ।