काठमाडौँ, १० बैशाख । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ ।
गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै समितिले भट्टराईलाई स्पष्टीकरण सोधेको हो।
भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्