राजनीति

अख्तियार विधेयकमा सरकारको दोहोरो चरित्र



काठमाडौँ, ११ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धन र विपक्षी दलका उच्च नेताहरुले सार्वजनिक धारणा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार निजी क्षेत्रसम्म पुर्‍याउन नहुने देखिएको छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको टोलीले छ्ट्टाछ्ट्टै भेटमा सबै उच्च नेताहरुले अख्तियारको दायरा निजी क्षेत्रसम्म पुग्न नहुने धारणा राखेका हुन् ।

तर, सरकार आफैँले अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रसम्म पुग्ने गरी विधेयक तयार पारेको छ । सरकारले विधेयक तयार बनाएको मात्र होइन, राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।