काठमाडौँ, ११ बैशाख । आकासमा उडिरहेको विमानसँग सञ्चार सम्पर्क गर्ने ‘भीएचएफ रेडियो फ्रिक्वेन्सी’ टावरमा अवरोध उत्पन्न भएका कारण आइतबार दिउँसो साढे २ बजेदेखि केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित बन्यो ।
विमानस्थलको टावर र उडिरहेको विमानसँग सम्पर्क हुने फ्रिक्वेन्सी सञ्चार उपकरणमा देखिएको समस्याका कारण दिउँसो साढे २ बजेदेखि झन्डै ४५ मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सेवा अवरूद्ध भएको थियो ।
टावरमा देखिएको सो समस्याका कारण उत्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ । सो समस्याले विमानस्थलको टावर र उडिरहेको विमानसँग सम्पर्क नै टुटेको थियो । यस्तो सम्पर्क नभएको बेला विमान उडान तथा अवतरण गराउन मिल्दैन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्