काठमाडौँ, १२ बैशाख । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको तथा मेघगर्जन र चट्याङसहित हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्