राजनीति

भ्रष्टाचारीलाई आजीवन जेल सजाय हुनुपर्छ : सांसद गिरी



काठमाडौँ, १२ बैशाख । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउने किसिमबाट कानुनहरू निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले भ्रष्टाचारीहरुलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताए ।