समाचार

औलोका लक्षण र बच्ने उपायहरु



काठमाडौँ, १४ बैशाख । लामखुट्टेका माध्यमबाट सर्ने औलो सरुवा रोग हो । ‘एनोफिलस’ जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा यो लाग्ने गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि लामखुट्टेको टोकाइबाट बच्नु नै औलो (मलेरिया) रोकथामको उत्तम उपाय भएको जनाएको छ ।

मन्त्रालयका अनुसार औलोका लक्षण तथा चिह्न:
१. थकाइ लाग्नु
२. वाकवाकी लाग्नु
३. टाउको दुख्नु
४. अत्यधिक जाडो हुनु
५. जिउ दुख्नु
६. ज्वरो आउनु
७. बान्ता हुनु

औलोको संक्रमणबाट बच्ने उपाय:
१. सधैँ झुल टाँगेर सुत्ने
२. खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
३. घरको झ्यालढोकामा जाली हाल्ने
४. सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने ।