राजनीति

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न



काठमाडौँ, १४ बैशाख । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ ।

बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।