काठमाडौं, १८ वैशाख । काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गर्नुभयो।
अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उहाँको भनाइ छ।










प्रतिक्रिया दिनुहोस्