समाचार

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जना डिस्चार्ज



काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा थप ५५ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार ४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५२ जना रहेका छन ।

मन्त्रालयका अनुसार ५३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९० हजार ७२२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३० जना रहेको मन्त्रालयले जनाएको छ ।