काठमाडौँ, २० बैशाख । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकका पाँचवटा निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन ।
सार्वजनिक निर्णयहरु:
१. वैशाख २४ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२.एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललाई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने ।
३.कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।
४.कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।
५.विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।










प्रतिक्रिया दिनुहोस्