तनहुँ, २० बैशाख । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
आज बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् । अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ । घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।
यसैबीच दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्