समाचार

आजको मौसम



काठमाडौँ, २१ बैशाख । कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका केही ठाउँमा बिहानैबाट वर्षा सुरु भएको छ । आज दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर वर्षा नभए पनि पानी पर्ने र रोकिनेक्रम चलिरहनेछ । विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।