बुटवल, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताएका छन् ।
आज २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लुम्बिनीको सम्भावना असीमित रहेको र लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि जाने बताएका हुन् ।
उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने बताए । उनले नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर भन्दै परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोले आज पनि उत्तिकै महत्त्वपूर्ण मानिने गरिएको बताए ।










प्रतिक्रिया दिनुहोस्