राजनीति

आधारहिन तथा चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्नुस्ः पूर्वमन्त्री खाँण



काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणले आफ्नो चरित्रहत्या हुने प्रकारका समाचार सम्प्रेषण नगरिदिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउने मुख्य भूमिकामा पूर्वमन्त्री खाँणको संलग्नता रहेको भनि समाचार संम्प्रेषण भएको थियो । उक्त घटनामा आफ्नो कुने पनि संलग्नता नरहेको उल्लेख गर्दै उहाँले आधारहिन, तथ्यहिन तथा संलग्न नभएको दावी गर्नुभएको छ ।