Banner News

एमाले जनताको भावना अनुसार परिचालित हुन्छ : महासचिव पोखरेल



काठमाडौँ, २३ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको भावना अनुसार परिचालित भई आगामी निर्वाचनमा एकल बहुमतसहितको सरकार चलाउने अभियानमा लागेको बताउनुभएको छ ।

एमालेले चलाएको दुई महिने मिसन ग्रास रुट अभियानले आफ्ना नेता तथा कार्यकर्ताको साथ साथै आम जनताको भावनालाई समटेर अगाडी बढ्ने निष्कर्षमा पुगेको संकेत र्दै उहाँले अभियानले सुतेकालाई विउझाउने, विउझेकालाई हिडाउने र हिडिरहेकालाई कुदाउने आधार तयार भएको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मिसन ग्रासरुटको प्रदेशस्तरिय समिक्षा सकिएको छ । यस अभियानले सुतेकालाई विउझाउने, विउझेकालाई हिडाउने र हिडिरहेकालाई कुदाउने आधार तयार भएको छ । विउझेर पनि सुतेको बहानागर्नेहरुको पहिचान पनि यस अभियानका क्रममा भएको छ । अव नेकपा९एमाले० का नेता-कार्यकर्ताको भावना अनुसार र कार्यकर्ताहरु-जनताको भावना अनुसार परिचालित हुनेछन् । किनकी मिसन ग्रासरुटको उद्देश्य मिसन २०८४ हो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा (एमाले)को एकल बहुमतको सरकार हो ।’