राजनीति

सरकार ढल्दैन, विश्वासको मत लिन समस्या छैन: उपाध्यक्ष महरा



काठमाडौँ, २३ बैशाख । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने दाबी गरेका छन् ।

शनिबार एक कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताएका हुन् । उपाध्यक्ष महराले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त भन्ने जिज्ञासा हुन सक्दछ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभएपनि पर्याप्त बहुमत छ’ उनले भने, ‘त्यसकारणले सरकार टिक्छ । सरकार यथावत रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ ।’