कञ्चनपुर, २४ बैशाख । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अन्सुअर शनिबार उनीहरूलाई पक्राउ गरिएको हो । गएको शुक्रबार राति करिब साढे १० बजे सशस्त्रका प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह चौसिरमाथि युवाको समूहले खुकुरी प्रहार गरेको थियो । उनी दोधारा चाँदनी नगरपालिका–७, कन्जभोजस्थित बीओपीमा कार्यरत रहेका बेला खुकुरी प्रहार गरी सो समूह फरार भएको थियो ।
त्यसपछि खोजतलास गर्ने क्रममा घटनामा संलग्न मुख्य व्यक्तिसहित पाँचजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।










प्रतिक्रिया दिनुहोस्