Banner News

ई–हाजिरीमा तानिदै सांसदहरु पनि



काठमाण्डौ,२४ वैशाख । सभामुख देवराज घिमिरेले सांसदहरूको ई–हाजिरी गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रभावकारीरुपमा ई–हाजिरीको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
ई–हाजिरी सुरु गर्ने र सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे बैठकमा छलफल भएको हो ।
संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ई९हाजिरीको तयारी गर्न, राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु,उनले भने ।