काठमाडौँ, २४ वैशाख । नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने भएको छ ।
यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौँमा नै सारेको हो । केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौँमै सारिएको हो ।
४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।
07 May 2023 14:51 PM










प्रतिक्रिया दिनुहोस्