राजनीति

देशको अवस्था जोखिमपूर्ण : सांसद जबरा



काठमाडौँ, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

आज पार्टीनिकट महिला संघको कार्यक्रममा बोल्दै उनले कुनै पनि बेला देश दुर्घटनामा जान सक्ने बताएका हुन् । उनले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए ।

उनले भने, “सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन । कुनै पनि बेला जे पनि हुनसक्छ । तर, यो विडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन,” “यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।”