समाचार

विषादी सेवनबाट एक बालकको मृत्यु



सल्यान, २४ बैशाख । सल्यानमा एक जना बालकको विषादी सेवनबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको हो ।

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।

विषादी सेवनपछि बेहोस भएका पुनलाई सल्यानस्थित बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको थियो । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।