काठमाडौँ, २५ बैशाख । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ ।
कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको हो । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो ।
के भएको हो अहिले प्राविधिक टोलीले चेकजाँच गरीरहेको गौतवुद्ध विमानस्थल जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्