राजनीति

प्रचण्डले ‘प्रचण्डपथ’ छाडेर ‘महतपथ’ अंगाले : सांसद बास्कोटा



काठमाडौँ, २५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रचण्डपथ’ छाडेर ‘महतपथ’ अंगालेको टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथामिकता हेर्दा ‘प्रचण्डपथ’बाट ‘महतपथ’मा विलय भएको महसुस गरेको बताएका हुन् ।

माओवादीले समाजवाद छोडेको देखिएको पनि उनको दाबी छ । “दुई कुरामा बाधाई दिन चाहान्छु । प्रधानमन्त्री प्रचण्डलाई पहिलो बधाई । यहाँ समाजवाद भन्ने शब्द कहीँ पनि छैन । पोलिसी डिपाचर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ । माओवादीले समाजवाद छोडेको कुरा यसमा देखिएको छ ।