राजनीति

ढाकाकुमारको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्चको आदेश



काठमाडौँ, २५ बैशाख । सर्वोच्च अदालतले डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न भनेको हो । आदेशको लिखित प्रति भने आइसकेको छैन ।

ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका थिए । उनले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।