मोरङ, २६ बैशाख । मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–८, हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेतलाई सोमबार बिहान पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले बलात्कार गरेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्