काठमाडौँ, २६ बैशाख । प्रनिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’को अनुसन्धान गर्न माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्ने हल्ला चलाइएको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।
“एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्याे,” उनले भनिन्, “भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?”
यसअघि, नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताएकी थिइन् । उनले भनेकी थिइन्, “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”










प्रतिक्रिया दिनुहोस्