काठमाडौँ, २६ बैशाख । स्वतन्त्र सांसद प्रभु साहले शासन प्रणालीमा पुनर्विचारको आवश्यकता औँल्याएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शासन प्रणालीलाई अलग राखेर आर्थिक समस्या समाधानको कुरा अर्थहीन हुने बताए ।
उनले भने, “हामीले अपानएको शासन प्रणालीमा एकपटक विचार गरौँ । नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे,” । देशमा भविष्य देख्न छाडेर युवा, मजदुर, पुँजीपतिहरू विदेश गइरहेको उनले उल्लेख गरे । आम जनतामा राज्य मेरो हो भन्ने भाव आउन नसकेको उनको भनाइ छ ।
अहिले अपनाइरहेको प्रणालीले सही नेतृत्व छान्न नसकेको भन्दै उनले पुनर्विचार गर्न आग्रह गरे । “प्रणालीले सही नेतृत्व छान्न सकिरहेको छैन । सही नेतृत्व आयो भने टिकाउन सकिरहेको छैन । काम गर्न सकेको छैन,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्