समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



दार्चुला, २६ बैशाख । जिल्लाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुका साढे ६ बजेतिर खेत काम गरिरहेको एकै घरका तीन जना घाइते चट्याङ लागेर घाइते भएका थिए ।

तीनै जनालाई गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएकोमा १५ वर्षीय नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक खत्रीकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री सामान्य घाइते छन् । उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।