Banner News

रायमाझीले अनुसन्धानलाई सघाउनुपर्छः एमाले



काठमाडौ २६ वैशाख । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको छ । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बैठकपछि जानकारी गराए ।

पत्रकारहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको लागि १० वटा एजेण्डा तय गरेको उनले जानकारी गराए ।एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ गतेबाट. काठमाण्डौमा हुँदैछ ।