काठमाडौ,२८वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीमा आफूहरूले तथ्यहरु खोजिरहेको बताउनुभएको छ । बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उहाँले अहिलेसम्म तीन सय भन्दा बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको बताउनुभयो।
उहाँले आफुहरुले उक्त प्रकरणमा तथ्यहरू खोजिरहेको बताउँदै आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो , ‘सम्भव म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसद्मा बोल्ने बेलासम्ममा कुन शरणार्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो रु कसले पठायो रु को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोसिस गर्छु ।’
उहाँले– भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया आफुले नै अगाडी बढाएको बताउनुभयो । ‘भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया मैले नै अघि बढाएको हो। भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो,, उहाँले भन्नुभयो, ‘मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन्।










प्रतिक्रिया दिनुहोस्